देशभर १०६९ संक्रमित थपिए,११ जनाको मृत्यु

पोखरा,१६ भदौ । आज देशभर गरी एक हजार ६९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर पुरुष ७२५ र महिला ३४४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार ५२९ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ११ संक्रमितको ज्यान गएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२९ पुगेको जनाइएको छ।

महोत्तरीमा चार वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । यस्तै पर्सामा तीन जना र काठमाडौंका दुई जनाको मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका एक एक जनाको समेत मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पत्रकार सम्मेलनमा बताए ।

Comments
Loading...