पोखरामा २३ वर्षीया महिलालाई डर देखाएर जर्बजस्ती करणी गर्ने पक्राउ

पोखरा,१६ भदौ । २३ वर्षीया महिलालाई जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले भूतपूर्व भारतिय सैनिक ५५ वर्षीय हरिबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

गत भदौ १२ गते राति अन्दाजी ८ः३० बजेको समयमा डर, धाक धम्की देखाई महिलालाई करणी गरेको अभियोगमा पोेखरा महानगरपालिका–१० अन्नपूर्ण टोल बस्ने गुरुङलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।प्रतिवादी विरुद्ध करणी सम्बन्धी कसुर अन्तरर्गत आज जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

हिजो मात्र सोही वडामा नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा अर्का पूर्व भारतिय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।

Comments
Loading...