गण्डकी प्रदेशमा कोरोनाका सक्रिय विरामी बढे

पोखरा,१७ भदौ । पछिल्ला दिनमा गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । निको भएर घर फर्किनेको तुलनामा सङ्क्रमित थपिदै जाँदा ‘सक्रिय केस’ बढेको हो ।

गत सातादेखी प्रदेशमा निको हुने विरामी भन्दा सङ्क्रमित थपिने क्रम बढ्दो छ । निको हुने दर हाल ७७ दशमलव४७ प्रतिशत छ ।
प्रदेशमा कोरोनाका सक्रिय विरामीको सङ्ख्या ४८४ रहेकामा होम आईसोलेशनमा रहेका व्यक्तिहरु ३८ जना छन् ।

सघन उपचार कक्षमा छ भने अरु विभिन्न अस्पतालको आइसोलेशन कक्षमा उपचाररत रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गण्डकीमा अहिले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने विरामी छैनन् ।

त्यसैगरी हिजो पछिल्लो २४ घण्टामा प्रदेशमा ९२७ जनाको नमूना परीक्षण गर्दा ४४ जनाको नतिजा पोजिटिभ आएको छ भने ८८३ जनाको नतिजा नेगेटिभ छ ।

लमजुङमा २६,नवलपरासी(वर्दघाट सुस्त पुर्व)मा १०, तनहुँ र कास्कीमा तीन÷तीन तथा बाग्लुङ र पर्वतमा एक÷एक जना सङ्क्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम,नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय समितिका प्रवक्ता डा विनोदविन्दुु शर्माले जानकारी दिए ।

हिजोनै १६ जना विरामी निको भएर घर फर्किएका छन् । हालसम्म प्रदेशमा सङक्रमितको सङ्ख्या दुई हजार २१० पुगेको छ । कूल ४७ हजार ४२५ नमूना परीक्षणमा ४५ हजार २१७ जनाको नतिजा नेगेटिभ छ ।

एक हजार ७१२ जना निको भएका छन् भने १४ जनाले सङ्क्रमणबाट ज्यान गुमाएको निर्देशनालय पोखराले जनाएको छ ।

Comments
Loading...