पोखरामा २० सुरक्षाकर्मी सहित गण्डकीमा ३६ संक्रमित थपिए

पोखरा,१७ भदौ । पोखरामा २० प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी अमरसिँहचोक स्थित पार्क ल्याण्ड अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती जारी गरी प्रदेशमा ३६ संक्रमित थपिएको जनाएको छ । तनहुँमा दुई, कास्कीमा २३, लमजुङमा चार र नवलपरासीमा सात जना थपिएका छन् । हालसम्म प्रदेशमा संक्रमित हुनेहरुको संख्या दुई हजार २४५ पुगेको छ।

Comments
Loading...