पोखराबाट मुग्लिङ जाँदै गरेको मिनी ट्रक र्मस्याङदीमा खस्यो , गोताखोरद्वारा खोजी

पोखरा,१७ भदौ । पोखराबाट मुग्लिङ जाँदै गरेको मिनी ट्रक र्मस्याङदी नदीमा खसेको छ ।
पृथ्वीराजमार्गको तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट आज बिहान र्मस्याङदी नदीमा खसेको मिनी ट्रकको सशस्त्र प्रहरीले खोजी शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले सो ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए । ‘सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी शुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ । उनले भने ।

Comments
Loading...