एउटै जिल्लामा १४ सहित गण्डकीमा पुनः थपिए १८ संक्रमित

पोखरा,१७ भदौ । गण्डकी प्रदेशमा आज पुनः १८ जना कोरोना संक्रमित थपिएका छन् ।

यसअघि ३६ जनामा संक्रमण देखिएमा दिउसो १ः३० को अद्यावधि विवराण अनुसार लमजुङमा १४ सहित गण्डकीमा १८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

अन्य संक्रमितहरु पोखरामा एक,तनहुँमा एक नवलपरासीमा एक र स्याङ्जामा एक जना छन् । हालसम्म प्रदेशमा संक्रमितको संख्या दुई हजार २६४ पुगेको छ । सबै जना संक्रमित कन्ट्याक्ट ट्रेसिङका रहेको जनाइएको छ ।

Comments
Loading...