देशभर ११२० संक्रमित थपिए

पोखरा,१७ भदौ । नेपालमा आज एक हजार १२० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित संक्रमण पुष्टि भएको जानकारी दिए । त्यसैगरी काठमाडौँ उपत्यकामा हालसम्मकै बढी ३८८ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ जनाइएको छ । पछिल्लो २४ घण्टामा एक हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको मन्त्रालयले जनाएको छ ।

Comments
Loading...