गण्डकी प्रदेशमा कोरोनाबाट मृृत्यु हुने एक थपिए, मृतक १५ पुगे

पोखरा,१७ भदौ । गण्डकी प्रदेशमा कोरोनााबाट थप एक जनाको मृत्यु भएको छ ।

तनहुँको व्यास नगरापलिका वडा नं २ का २० वर्षीया कोरोना संक्रमित महिलाको भदौ १६ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, उपचारको क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनलाई हिजोनै अल्का अस्पताल, ललितपुरबाट त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।

उनमा मृगौलाको समस्या भई डायालाईसिस गराइरहेही थिइन् । यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको निर्देशनालयले जनाएको छ ।

Comments
Loading...