शहीदको स्मृतिमा पोखरामा राष्ट्रिय युवा संघको साताव्यापी रक्तदान शुरु

पोखरा,१७ भदौ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का उच्च नेता सुरेश वाग्ले(वासु) र भीमसेन पोखरेल(वैरागी)को २१ औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय युवा संघ नेपाल कास्कीले सप्ताहव्यापी रक्तदान कार्यक्रम आजदेखी शुरु गरेको छ ।

नेकपा जिल्ला पार्टी कार्यालय परिसरमा पार्टीका केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज राजकाजी गुरुङ(करण)ले रक्तदातालाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।युवा संघले भदौ २३ गतेसम्म पोखराका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्ने राष्ट्रिय युवा संघ कास्कीका संयोजक भोजराज पौडेलले जानकारी दिए ।

भोली भदौ १८ गते रानीपौवामा विहान ७ बजेदेखी रक्तदान कार्यक्रम शुरु हुनेछ । त्यसैगरी १९ गते बैदाम,२० गते टुँडीखेल २१ गते अमरसिँहचोक, २२ गते तालचोक तथा २३ गते नेकपा जिल्ला कमिटी कार्यालय शान्तिवन पार्टी कार्यालयमा समापन तथा श्रद्धाञ्जली कार्यक्रम तय गरिएको छ ।

“कोरोना भाइरस संक्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाका अवधिमा अस्पतालहरुमा रगत अभाव भइरहेको छ , त्यसैले हाम्रा महान् शहीदहरुको स्मरणमा हाम्रो संगठनले रगतको उच्च मागको आपूर्तिका लागि भौतिक दूरी र आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गरी साताव्यापी रक्तदान कार्यक्रम गर्दछौँ ।” संघका संयोजक पौडेलले भने ।

उद्घाटन समारोहमा नेकपा केन्द्रीय सदस्य चूड़ामणि जङ्गली, श्रीनाथ बराल, पार्टीका प्रदेश सदस्य तथा गन्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, अर्का सदस्यद्धय रामजी बराल(जीवन), प्रभा कोइराला, सचिव बखानसिँह तुम (आभास), राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुमन देवकोटा, विनय थापा,पुर्ण लामा ,विष्णु पुन,राजकुमार दुलाल ,मेखबहादुर विक, ठाकूर शर्मा लगायतको सहभागिता थियो ।

Comments
Loading...