बागलुङमा भीषण बाढी, १५ जना सम्पर्कबिहीन, ३० घर बगायो

पोखरा,१८ भदौ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ मा गएरातिको बाढीका कारण १५ जना सम्पर्क विहिन भएका छन् ।

निरन्तर वर्षाको कारण भूजीखोलामा बाढी आउँदा ३० घर बगाएको स्थानीयले बताएका छन् । बाढीले दूई विद्युत गृह, एक वटा झोलुङले पुल दुई वटा विद्यालय समेत बगाएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ लाँकुरिबोट ३ जना, दुनेपँधेरा ३ जना, घट्टबोट ७ जना र सुब्राङमा २ जना सम्पर्क बिहीन भएको बताइन्छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments
Loading...