पोखरामा एकैपटक १० वटा वडामा २९ संक्रमित थपिए

पोखरा,१८ भदौ । पोखरामा आज एकै पटक ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरामा १० वडामा गरी १४ महिला र १५पुरुष संक्रमित थपिएका हुन् ।

त्यसैगरी तनहुँको व्यासमा समेत दुई महिला थपिएका छन् । संक्रमितहरु सबै जना कन्ट्याक्ट ट्र्सिङमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Comments
Loading...