अवरुद्ध सडक खुलाउने क्रममा कास्कीमा पहिराले एक्साभेटर पुरियो, चालक घाइते

पोखरा,१८ भदौ । पोखरा महानगरपालिका–१९ लामाचौरदेखी माछापुच्छ«े गाउँपालिकाको सार्दिखोला जोड्ने अवरुद्ध सडक खुलाउने क्रममा पहिराले एक्साभेटर पुरिदा चालक घाइते भएको छ ।

पोखरा–१९ बेशीचोकमा गत असार २६ गते रातिको पहिराले सडक बगाउदा अवरुद्ध सडक खुलाउने क्रममा माथिबाट आएको पहिराले आज विहान एक्साभेटर चालक बलराम ढुँगाना घाइते भएका छन् ।

स्थानीयवासीले चालकलाई पहिराबाट निकालेर अस्पताल पु¥याएकामा उनको अवस्था खतरामुक्त रहेको स्थानीय इमानराज पौडेलले जानकारी दिए ।

महानगरभित्रै सडक लामो समय अवरुद्ध भएकामा प्रदेश सरकार अन्तर्गतकोे पूर्वाधार विकास कार्यालय र वडा कार्यालयको समन्वयमा बाटो खुलाउने काम भइरहेको थियो ।

Comments
Loading...