राष्ट्रिय युवा संघको दोस्रो दिनको कार्यक्रममा २३ युनिट रगत संकलन

पोखरा,१८ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ कास्कीले आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमको आज दोस्रो दिनमा २३ युनिट रगत संकलन भएको छ ।

जनयुद्धका शहीदद्धय सुरेश वाग्ले (वासु) र भिमसेन पोखरेल (बैरागी) को स्मृतिमा सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन पोखरा–रानीपौवामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय कमिटीका सदस्य एवं कास्की जिल्ला सहइन्चार्ज श्रीनाथ बरालले पहिलो रक्तदातालाई ब्लडब्याग हस्तास्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । त्यस अवसरमा नेता बरालले कोरोना महामारीले अस्पतालहरुमा रगत अभाव भएको अवस्थामा रक्तदान जस्तो पवित्र कार्य गरेकामा संघलाई धन्यवाद व्यक्त गरे ।

संघका कास्की संयोजक भोजराज पौडेलले अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रुद्रबहादुर विश्वकर्माले गरेका थिए । भोलिको कार्यक्रम विहान ७ वजे पोखरा–६ बैदाममा आयोजना राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पूर्ण लामाले जानकारी दिए ।

Comments
Loading...