बाग्लुङमा बाढीबाट विस्थापितलाई उचित व्यवस्थापन गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण

पोखरा,१८ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले गएराति बाग्लुङको ढोरपाटन नगरपालिकामा आएको बाढीले जनधनको क्षति भएकामा आफू स्तव्ध भएको बताएका छन् ।

आज एक समवेदना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले ढोरपाटन नगरपालिका–९ को सुकुर्दुङ खोलामा आएको बाढीले बगाएर ११ जनाको मृत्यु र ३० जना बेपत्ता भएको घटनाले आफू स्तव्ध भएको बताउँदै दुखद् घटनामा परी निधन भएकाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले बाढीमा बेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, समाजसेवी लगायत सबैमा आव्हान समेत गरेका छन् ।

बाढीमा परी निधन भएका बेपत्ता र बाढीबाट विस्थापित परिवारजनको उचित क्षतिपूर्ति र व्यवस्थापनको निम्ति पहल गर्न अध्यक्ष प्रचण्डले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

Comments
Loading...