एकाविहानै पोखरामा १६ सहित गण्डकीमा ४० संक्रमित थपिए

पोखरा,१९ भदौ । पोखरामा आज विहानै १६ जना सहित गण्डकी प्रदेशमा ४० जना संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पोखराको विभिन्न सात वडामा एक महिला र १६ पुरुषमा संक्रमण पुष्टि भएको हो । वडा नं १५ मा सात जना सुरक्षाकर्मीमा समेत संक्रमण फेला परेको छ ।

त्यसैगरी तनहुँमा दूई, लमजुङमा तीन,स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।हालसम्म गण्डकीमा संक्रमित दुई हजार ३५२ पुगेको छ ।

Comments
Loading...