पोखरामा उपचाररत ३७ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

पोखरा,१९ भदौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको हिजो साँझ मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–६ निवासी ३७ वर्षीय पुरुषको साँझ ५ः५० बजे अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पताल लेखनाथमा उपचाररत उनलाई आज विहान ५ः२० बजे ‘रिफर’ गरी पश्चिमाञ्चल अस्पतालमा ल्याइएको थियो । मृतक पुरुषमा अन्य कुनै पनि दीर्घ रोग नभएको र संक्रमितको सम्पर्कमा पुगेपछि उनी आफँै परीक्षणका लागि अस्पताल पुगेका थिए ।

उनको भदौ १५ गते कोरोना रिपोर्ट पोजिटिभ आएपछि आइसोलेशनमा भर्ना गरिएको थियो । पश्चिमाञ्चल अस्पतालमा हालसम्म कोरोना पोजिटिभ भई उपचारको क्रममा आठ जनाको मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेकोे छ । कास्कीमा छ, गोरखा र तनहुँमा तीन÷तीन, स्याङ्जामा दुई तथा म्याग्दी, नवलपरासी पूर्व र बाग्लुङमा एक÷एक जना छन् ।

Comments
Loading...