एउटै जिल्लामा ४१ सहित आज गण्डकी प्रदेशमा ८९ जना कोरोना संक्रमित

पोखरा,१९ भदौ । गण्डकी प्रदेशमा आज मात्र ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेशको नवलपरासी एउटै जिल्लामा ४१ थपिएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार दिउसो ३ः३० बजेसम्मको अद्यावधिक विवरण अनुसार कास्कीमा १७, गोर्खामा २२, नवलपरासीमा ४१, बाग्लुङमा एक, मनाङमा एक, लमजुङमा तीन, स्याङ्जामा दुई तथा तनहुँमा दई जना छन् ।

हालसम्म गण्डकी प्रदेशमा संक्रमित दुई हजार ४०३ पुगेको छ ।

Comments
Loading...