संक्रमण बढेपछि पोखराका तीन वडाका केही क्षेत्र आज रातिदेखी शिल गरिने

पोखरा,१९ भदौ । कोरोना संक्रमण बढेपछि पोखराका तीन वडाका केही क्षेत्र आज रातिदेखी आगामी भदौ २६ गते राति १२ बजेसम्मका लागि शिल गरिने भएको छ ।

पोखरा वडा नं १०,१२ र १३ का वडाध्यक्षहरुले आज संयुक्त सूचना जारी गरी स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन र कोरोना नियन्त्रणमा सहजता ल्याउनका लागि शिल गर्ने निर्णय गरिएको जनाएका छन् ।

वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङ, १२ का वडाध्यक्ष रामबहादुर कार्की तथा वडा नं१३ का वडाध्यक्ष लेखबहादुर तामाङले स्वास्थ्य सेवा बाहेका अन्य सेवाहरु सञ्चालनमा रोक लगाइएको जनाएका छन् । खाद्यान्न पसल भने विहान ११ बजेदेखी २ बजेसम्म सञ्चालन हुनेछन् ।

कुन वडाका कुन क्षेत्र शिल हुनेछ हेर्नुहोस् सूचनामा ।

Comments
Loading...