गण्डकी प्रदेशसभाको सचिवमा पोखरेल नियुक्त

पोखरा, १९ भदौ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेललाई नियुक्त गरेका छन् ।

पोखरेललाई प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिस अनुसार नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम शुक्रबार प्रदेश प्रमुखले नियुक्त गरेका हुन् ।

कास्कीको पोखरा–२१, निर्मलपोखरी स्थायी ठेगना रहेका नवनियुक्त प्रदेशसभा सचिव पोखरेल हाल पोखरा–१७, जागृतिटोल बस्दै आएका छन् । नवनियुक्त सचिव पोखरेलले शुक्रबारनै प्रदेश प्रमुखबाट नियुक्तिपत्र समेत बुझेका छन् ।

प्रदेशसभामा लामो समयदेखी सचिव खाली रहँदा निमित्तले कार्य सञ्चालन गर्दै आएका थिए ।  यसअघि गत असारमा गण्डकी प्रदेशसभा वैठकले प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेपछि सभामुखलाई सचिव नियुक्तिको लागि बाटो खुलेको थियो ।

 

Comments
Loading...