राष्ट्रिय युवा संघको सप्ताहव्यापी रक्तदान : तेस्रो दिन २२ युनिट संकलन,शनिबार हरिचोकमा

पोखरा,१९ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ कास्कीले आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमको आज तेस्रो दिन २२ युनिट रगत संकलन भएको छ ।

जनयुद्धका शहीदद्धय सुरेश वाग्ले (वासु) र भिमसेन पोखरेल (बैरागी) को स्मृतिमा सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिनको रक्तदान कार्यक्रम लेकसाइमा आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य एवं नेकपा प्रदेश कमिटीका सदस्य राजीव पहारीले पहिलो रक्तदातालाई ब्लडब्याग हस्तास्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । त्यस अवसरमा नेता पहारीले युवा संघ जनताको सुःख,दुःखको साथी बन्नुपर्नेमा जोड दिँदै कोरोनाका कारण अस्पतालमाहरुमा रगत अभाव भएको अवस्थामा रक्तदान कार्यक्रम गरिनु प्रसंसनीय रहेको बताए ।पहारीले कोरोनाबाट त्रसित नहुन आग्रह गर्दे सर्तकता अपनाउन भने आग्रह गरे ।

संघका कास्की संयोजक भोजराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो । सप्ताहव्यापी रक्तदान कार्यक्रम अन्तर्गत चौथो दिनको कार्यक्रम शनिबार विहान ७ बजेबाट पोखरा महानगरपालिका– १ हरिचोकमा आयोजना हुने संयोजक पौडेलले जानकारी दिए ।

Comments
Loading...