स्वास्थ्यकर्मीप्रतिको व्यवहारमा परिर्वतन ल्याउन कास्कीका स्वास्थ्यकर्मीको माग

पोखरा,२० भदौ । कास्कीका तीन वटा स्वास्थ्यकर्मी संघले कोरोनाप्रतिको पारिवारिक तथा सामाजिक धारणमा परिर्वतन ल्याउन तथा स्वास्थ्यकर्मीलाई गरिने व्यवहारमा परिर्वतन ल्याउन माग गरेका छन् ।

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघका अध्यक्ष नवराज अधिकारी,राष्ट्रिय स्वास्थ्यकमी संघका अध्यक्ष चिरञ्जीवी तिमिल्सना तथा स्वास्थ्यकर्मी संघका अध्यक्ष उदयकान्त तिवारीले आज संयुक्त विज्ञप्ती जारी गरी काम गर्ने क्षेत्रमा आवश्यक सुरक्षा सामग्री र उच्च सतर्कता अपनाएर मात्र काम गर्न गराउन सबैमा आग्रह गरेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमयुक्त अवस्थामा आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीप्रति तीन वटै संगठनले उच्च सम्मान व्यक्त गरेका छन् । साथै संक्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना तथा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

विज्ञप्तीमा संक्रमित स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ सुविधायुक्त क्वारेन्टिन तथा आइसोलेशनमा राख्ने बसाउने प्रवन्ध तथा जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न कोरोना बीमा सम्वन्धी व्यवस्था तुरुन्तै कार्यान्वयनका लागि समेत सरोकारवालाहरुसँग माग गरिएको छ ।

Comments
Loading...