शपथ ग्रहणलाई लिएर नेकपा कास्कीमा विवाद, पूर्व माओवादी पक्षबाट कार्यक्रम बहिष्कार

पोखरा,२० भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की भित्र माछापुच्छ««े गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहणलाई लिएर गम्भिर विवाद उत्पन्न भएको छ ।

आजका लागि तय भएको शपथ कार्यक्रमको प्रमुख अतिथि कसलाई बनाउने  भन्नेबाट शुरु भएको  विवाद उत्कर्षमा पुगेपछि एक पक्षले शपथ कार्यक्रमनै बहिष्कार गरेको छ ।

पूर्व माओवादी पक्षले कार्यक्रम बहिष्कार गरेपनि प्रदेशसभा सदस्य समेत रहेका नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा कार्यक्रममा उपस्थित भएर शपथ गराएका छन् ।  नेकपा जिल्ला कार्यालय सदस्य दामोदर बैरागी तथा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल समेत सहभागि थिए ।

नेकपा माछापुच्छ«े कमिटीको अध्यक्षमा पूर्व एमालेका जगन्नाथ बास्तोला अध्यक्ष छन् भने सचिव पूर्व माओवादी खेमाका बैकुण्ठ भण्डारी ।
शपथ कार्यक्रमको मिति तय गरेर अध्यक्ष बास्तोलाले  पार्टी जिल्ला अध्यक्षलाई मात्र बोलाउने र अन्यलाई खबर नगर्ने भनेपछि सचिव भण्डारीले पार्टीका जिल्ला इन्चार्ज,सहइन्चार्जहरु, त्यस क्षेत्रबाट निर्वाचित सांसद तथा पार्टी जिल्ला सचिव लगायतलाई बोलाउनै पर्ने अडान लिएका थिए ।

अध्यक्ष र सचिवका बीचमा सहमति बनेर कार्यक्रम खाका तयार गर्नुपर्नेमा अध्यक्षले एकलौटी ढँगले पूर्व एमाले पक्षकालाई मात्र बोलाएर कार्यक्रम गरेको सचिव भण्डारीले बताए ।यद्यपी पूर्व एमाले पक्षकै केही पालिका कमिटी सदस्यहरुले पनि शपथ लिएनन् । पालिका कमिटी ७५ सदस्सीय रहेकामा पूर्व एमालेका ४३ तथा माओवादीका ३२ जना छन् । शपथमा ३९ जना सहभागि थिए ।

साविकका दुई पार्टीका कार्यकर्ताकाबीचमा भावनात्मक सम्वन्ध स्थापना गर्न र सहमतिका आधारमा समेत पार्टीलाई अघि बढाउन पहिला अध्यक्ष र सचिवका बीच सहमति बन्नुपर्ने भन्दै पूर्व एमाले खेमाका चार जनाले शपथ कार्यक्रममा नगएको उनीहरुले बताए ।

“पार्टीको गाउँपालिकाको पहिलो कार्यक्रम समेत रहेकाले पहिला जिल्ला पार्टीमा छलफल गरेर पार्र्टीका जिल्ला इन्चार्ज, सहइन्चार्ज तथा सचिवलाई बोलाएर कार्यक्रम गर्नुपर्दछ भनेको हुँ । तर अध्यक्षले जिल्ला अध्यक्षलाई प्रमुख अतिथि बनाउने र अन्यलाई कसैलाई पनि नबोलाउने भनेपछि जिल्लामा पहिला सल्लाह गर्नुहोस् भनेको थिए। ”सचिव भण्डारीले भने,“पछि जिल्लामा बुझ्दा शपथका बारेमा जिल्ला पार्टीमा छलफल नभएको भन्ने थाहा पाएपछि पार्टीमा पहिला सरसल्लाह गरौँ भनेकामा अध्यक्षले नमानेर एकलौटी गरेपछि हामीले बहिष्कार गरेका हौँ ।”

जिल्ला पार्टीका इन्चार्ज तथा सचिवबाट चारवटै गाउँपालिका कमिटीको शपथका विषयमा जिल्ला कार्यालयको बैठक बसेर निर्णय गर्ने र अहिलको कोरोनालाई ध्यानमा दिएर एउटै पालिकाको समेत दुई ठाउँमा गर्न सकिने भन्ने सुझाव जिल्लाबाट प्राप्त भएको भण्डारीको भनाई छ ।

गाउँपालिका कमिटीका अध्यक्ष जगन्नाथ बास्तोला भने प्रमुख अतिथि कसलाई बनाउने भन्ने विवाद नभएको र शपथका बारेमा जिल्ला इन्चार्जसँग परामर्श गरेपनि पछि सल्लाह गरौँला भनेकामा कुनै पनि निर्देशन प्राप्त नभएकाले कार्यक्रम गरिएको बताउँछन् ।

अन्य जिल्लामा जे भएपनि माछापुच्छ«ेमा पूर्व खेमा भन्ने विर्सिएर पार्टीलाई एकतावद्ध बनाएर गाउँपालिका कमिटीलाई अन्य पालिकाभन्दा पार्टी काममा गतिशिल बनाउने र एक्स्ट्रा पार्टी बनाउने आफ्नो उद्धेश्य रहेकाले सबै भन्दा पहिला शपथ कार्यक्रम गरेको उनी बताउँछन् ।

“कोरोना महामारीका कारणले धेरै नेता बोलाउनुभन्दा जिल्लाका इन्चार्ज र अध्यक्षलाई बोलाएर कार्यक्रम गरौँ भनेर सचिवलाई भनेको हुँ । शपथका बारेमा इन्चार्जसँग पटक पटक फोन गरेँ तर उहाँले फोन रिसिभ गर्नुभएन ।” अध्यक्ष बास्तोलाले भने,“म हिजो रातिसम्म पनि इन्चार्ज र अध्यक्षको फोन आएपछि कार्यक्रम रोक्न तयार थिएँ तर कुनै रेस्पोन्स नभएपछि साथीहरुलाई पहिल्यै खबर भएकाले बाध्य भएर आज बहुमत सदस्यलाई शपथ गराउने काम भयो ।”

आफूले पूर्व एमाले पक्षका सदस्यहरुको नामावली सचिवलाई दिएपनि सचिवले आफ्नो खेमाको नामावलीनै नदिएका कारणल सबैलाई खबर गर्न आफू असमर्थ भएको दावी बास्तोलाको छ ।

नेकपा कास्कीका अध्यक्ष  कृष्ण थापा भने पालिकाको शपथका बारेमा पार्टीमा छलफल गर्नुको कुनै अर्थ नरहेको र पहिल्यै यसबारेमा टुँगो लागिसकेको बताउँछन् । सुनियोजित ढँगले पार्टीभित्र विवाद सिर्जना गर्न खोजिएको  उनले बताए । गाउँपालिका कमिटी सदस्यहरुलाई जिल्ला इन्चार्जको आदेशमा शपथमा जान रोकिएको आफू कार्यक्रममा गएपछि मात्र थाहा पाएको र विवाद र बहिष्कारको बारेमा आफूलाई त्यसअघि केही थाहा नभएको उनको भनाई छ ।

“गाउँपालिका पार्टी अध्यक्षले मलाई शपथ कार्यक्रम छ भनेर बोलाउनु भएकाले म गएको हो । सबै ठीकै होला भनेर गईयो शपथका बारेमा गत भदौ ५ गते जिल्ला कार्यालयको बैठकलेनै आवश्यकता अनुसार छिटो भन्दा छिटो गाउँको परिस्थिति अनुसार गर्नु भनेर निर्देशन दिएको हो ।” अध्यक्ष थापाले भने,“त्यहाँको पार्टी अध्यक्षले कार्यक्रम तय गरेपछि सबै साथीहरु जानुपथ्र्यो । राजकाजी जीको आदेशमा साथीहरुलार्ई नजाने भन्ने सुनियो, सबै कुरा इन्चार्जले चलाउने पनि होइन, किन साथीहरुलाई निरास बनाउने भनेर अध्यक्षको कर्तव्य पूरा गरेर शपथ खुवाइयो । ”

जिल्ला इन्चार्जले आफूसँग शपथका बारेमा छलफल नगरेको भन्दै छलफलका आधारमा दुवैजना सँगै जान सकिने भएपनि त्यस्तो नभएको थापाको भनाई छ ।

नेकपा जिल्ला इन्चार्ज राजकाजी गुरुङ(करण)ले यस विषयमा पार्टी कार्यालयको बैठक बसेर टुँगाउने भन्दै अन्य प्रतिक्रिया दिन चाहेनन् ।

 

Comments
Loading...