एकै दिन तीन बालिकालाई बलात्कार गर्ने लमजुङका एक युवक पक्राउ

लमजुङ,२० भदौ,। एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङ रहेका छन् ।

गुरुङले ११र११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।

थापाका अनुसार गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो । सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ ।

Comments
Loading...