पोखरा,२१ भदौ । आज विहान गण्डकी प्रदेशमा ६९ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा २० सहित गण्डकी प्रदेशमा ६७ थपिएका हुन् ।
पोखरामा थपिएका मध्य दुई जना पार्क ल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी(स्टाफ नर्स)रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
लमजुङमा दुई, गोर्खामा दुई, बाग्लुङमा तीन,स्याङजामा २२, तनहुँमा सात र नवलपरासीमा १३ जना छन् । हालसम्म प्रदेशमा संक्रमित दुई हजार ५१६ पुगेको छ ।