पोखरामा किशोरीलाई जर्वजस्ती करणी गरेको अभियोगमा ट्याक्सी ड्राइभर पक्राउ

पोखरा,२१ भदौ । पोखरामा १८ वर्षीया किशोरीलाई जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हिजो राति ८ः४५ बजेको समयमा जङ्गलको एकान्त बाटोमा एक्लै हिडिरहेको अवस्थामा डर, धाकधम्की देखाई किशोरीलाई जर्वजस्ती करणी उद्योग गरेको अभियोगमा पोखरा–२० बस्ने गणेश खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार घटनालगत्तै पीडित किशोरीले आफ्नो साथीलाई फोनमार्फत घटना बताएपछि साथीले प्रहरीलाई खबर गरेकी थिइन् । घटनाबारे जानकारी प्राप्त भए लगत्तै प्रहरी परिचालित गरिएको र आरोपितलाई घटनास्थलबाटैै पक्राउ गरिएको प्रनाउ हमालले बताए ।

उनी पेशाले ट्याक्सी ड्राइभर हुन् । पक्राउ परेका खत्री विरुद्ध जर्वजस्ती करणी उद्योग सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Comments
Loading...