पछिल्लो २४ घण्टामा देशभर संक्रमित भन्दा निको हुने दोब्बर

पोखरा,२१ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने भन्दा निको भएर घर फर्किने धेरै रहेका छन्।

आइतबार १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तर, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२÷३२ जनामा संक्रमण पुष्टि भएको छ।

आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ।

Comments
Loading...