पोखरामा स्वास्थ्यकर्मी,उद्योगका कर्मचारी सहित ३१ जनामा संक्रमण, गण्डकीमा थपिए ६७ संक्रमित

पोखरा,२२ भदौ । पोखरामा आज विहानै ३१ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेशका विभिन्न चार जिल्लामा गरी ६७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पोखरामा थपिएका मध्य २५ जना पोखरामा फुड्समा कार्यरत छन् । उनीहरु मध्ये १७ जना महिला र अन्य पुरुष छन् । त्यसैगरी पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत दुई जना महिला स्वास्थ्यकर्मी हुन् । त्यसैगरी मेडिसिटी अस्पतालमा उपचाररत दुई जना विरामीमा समेत संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यसैगरी नवलपरासीमा १५ जना,गोरखामा १८ र तनहुँमा तीन जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म प्रदेशमा संक्रमितको संख्या दुई हजार ५९८ पुगेको छ ।

Comments
Loading...