तनहुँ जीप दुर्घटनामा मृतक दुई पुगे

पोखरा,२२ भदौ । तनहुँमा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

म्याग्दे गाउँपालिका–७ बस्ने ३२ वर्षीय होम बहादुर श्रेष्ठ (चालक) र तनहुँकै व्यास नगरपालिका–५ बस्ने वर्ष ५५ वर्षीय राज कुमार श्रेष्ठको एपोलो अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विहान १०ः३५ बजेको समयमा रिसिङ गाउँपालिका–१ देउलिखोला स्थित दमौली देबघाट भित्री सडक खण्डमा चापाघाटबाट खाल्टे दाहसंस्कारको लागि जाँदै गरेको ग १ ज ७१२८ नं को बलेरो जीप आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

त्यसैगरी घटनामा परी पाँच जना घाइते भएका छन् । व्यास नगरपालिका–५ बस्ने वर्ष ४९ को सन्त कुमार श्रेष्ठ, वर्ष २५ को मधुसुदन श्रेष्ठ, वर्ष ५१ को राम कुमार श्रेष्ठ ,४५ वर्षीय अनन्त कुमार श्रेष्ठ र संगीता श्रेष्ठ घाइते भई उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...