तीनवटै प्राविधिक संघबाट सचिवको स्वागत, संगठन व्यवस्थापनमा ध्यानाकर्षण

पोखरा,२२ भदौ । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको हालै सचिवको पदभार ग्रहण गरेकी सवनम सिवाकोटीलाई तीनवटै पशु प्राविधिकसँग सम्वन्धित संघले आज मन्त्रालयमा स्वागत गरेका छन् ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधक संघ(नेल्टा), नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एशोसिएसन(नेल्भा) तथा नेपाल कृषि प्राविधिक एशोसिएशन(नाटा)ले सचिव सिवकोटीको सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरेका थिए ।

सोही अवसरमा सचिवलाई उनीहरुले मन्त्रालयले अघि बढाएको संगठन व्यवस्थापनका बारेमा आफूहरुको आपत्ति रहेकाले त्यसलाई परिमार्र्जन गर्न माग गरेका छन् ।

संगठन व्यवस्थापन सहभागिता मूलक बनाउन शुरुआतमा सरोकारवालाहरुसँग छलफल गर्न माग गरिएको नेल्टाका केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

संघहरुले समायोजन ऐन २०७५ अनुसार छैटौँ स्तर अधिकृतलाई जिम्मेवारी सहित अधिकृत तहमानै व्यवस्थापन गर्नुपर्नेमा मनोवल घट्ने गरी सहायकस्तरको पदसँग व्यवस्थापन गर्न खोजिएको बताएका छन् । त्यस अवसरमा सचिव सिवाकोटीले यस बारेमा आफूले अध्ययन गरेर मात्र कार्य अघि बढाउने प्रतिवद्धता जनाएको श्रेष्ठले बताए ।

Comments
Loading...