पोखरामा चिकित्सक सहित २६ जना संक्रमित, गण्डकीमा ३८ थपिए

पोखरा,२३ भदौ । पोखरामा आज पुनः २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पार्क ल्याड अस्पतालमा कार्यरत २७ वर्षीया चिकित्सकमा पनि संक्रमण देखिएको छ । पोखरा औद्योगिक क्षेत्रमा अवस्थित पोखरा फुड्समा कार्यरत २० महिला र चार पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी गण्डकी मेडिकल कलेजमा उपचाररत ४७ वर्षीय पुरुष पनि संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो अद्यावधिक विवरण अनुसार बाग्लुङमा नौ र तनहुँमा तीन जना थपिएका छन् ।हालसम्म प्रदेशमा संक्रमित दुई हजार ६५० पुगेको छ भने २० जनाको मृत्यु भएको छ ।

Comments
Loading...