आज सुनको मूल्यमा सामान्य गिरावट

पोखरा,२३ भदौ । आज नेपाली बजारमा सुनको मुल्य केही घटेको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

टिप्पणिहरु
Loading...