पोखरामा दुई महिलालाई जर्वजस्ती करणी गरेको आरोपमा एक पक्राउ

पोखरा,२४ भदौ । दुई महिलालाई जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले पोखरा–७ बस्ने ३७ वर्षीय वामदेव सुवेदीलाई पक्राउ गरेको छ ।

विभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई ३१ र ३६ वर्षीया महिलालाई करणी गरेको जाहेरीको आधारमा सुवेदीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका प्रतिवादी विरुद्ध करणी सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।पीडित महिलाले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रनाउ हमालले बताए ।

Comments
Loading...