गण्डकीमा कोरोनाबाट मृत्यु हुने एक थपिए, छ वर्षीया बालिका सहित ११ जनामा संक्रमण पुष्टि

पोखरा,२४ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट पुन एक जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो । अवस्था जटिल बन्दै गएपछि उनलाई सघन उपचार कक्षमा सारिएको थियो । हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

त्यसैगरी आज विहान पोखरामा छ वर्षीया बालिका सहित नौ  र गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिएका छन् । वडा नं ६ र १४ मा दुई÷दुई तथा ७,,१३,१७,८ र वडा नखुलेकोमा एक गरी पोखरामा नौ जना छन् ।

बाग्लुङको तनामखोलामा एक र नवलपरासीको गैँडाकोटमा एक जना संक्रमित थपिएसँगै गण्डकीमा हालसम्म संक्रमितको संख्या दुई हजार ६७२ पुगेको छ ।

Comments
Loading...