एकाविहानै पोखरामा १९ सहित गण्डकीमा ४९ संक्रमित थपिए

पोखरा,२५ भदौ । पोखरामा आज विहान १९ जना कोरोना संक्रमित थपिएका छन् । पोखराका छ वडामा गरी सो संख्यामा संक्रमित थपिएका हुन् । वडा नं ८ मा सात पुरुष र छ महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी १५,३२,२५ र वडा नं १९ मा एक एक जनामा संक्रमण देखिएको छ । वडा नं ५ संक्रमित दुई जना छन् । वडा नं १५ का संक्रमित स्टाफ नर्स तथा ३२ का ५० वर्षीय पुरुष सोही अस्पतालमा उपचाररत पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बाग्लुङमा नौ, तनहुँमा तीन,स्याङ्जामा १२ पर्वतमा एक र नवलपरासीमा पाँच जना थपिएका छन् । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमित दुई हजार ७२८ जना पुगेका छन् ।

 

Comments
Loading...