मोवाइल चार्जमा राख्ने क्रममा चट्याङ लागेर एकको मृत्यु

पोखरा,२५ भदौ । बागलुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले ताराखोलामा गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताए ।

चट्याङके उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ । युवाको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

Comments
Loading...