कुलमानको कार्यकाल चार वर्ष थप्न मन्त्रिपरिषदमा प्रस्ताव लगिदै

काठमाडौँ,२५ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप हुने सम्भावना बढेको छ ।

भदौ २६ गते शुक्रबार बस्ने मन्त्रिपरिषद्मा घिसिङको कार्यकाल चार वर्ष थप गर्न ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लैजाने भएका छन् ।
मन्त्री पुनको सचिवालयका एक सदस्यका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको कार्यकाल चार वर्ष थप्ने प्रस्ताव शुक्रबार मन्त्रिपरिषदमा लैजाने तयारी भइसकेको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा घिसिङको कार्यकाल थप गर्नेबारे छलफल भएको थियो। अध्यक्ष प्रचण्ड प्राधिकरणमा राम्रो काम गरेकाले कुलमानको कार्यकाल थप गर्नु पर्ने पक्षमा छन्।

छलफलमा प्रधानमन्त्री ओली पनि कार्यकाल थप्न सकारात्मक देखिएको बताइएको छ।

Comments
Loading...