कोरोनाका बारेमा झुटा अफवाह फैलाएको अभियोगमा पोखरामा दुई पक्राउ

पोखरा,२५ भदौ । कोरोना भाइरसका बारेमा झुटो अपवाह फैलाएको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पर्वतको मोदी गाउँपालिका वडा नं ७ घर भई हाल पोखरा–५ बस्ने २९ वर्षीय इश्वर रिमाल र चितवन घर भई हाल नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रिमालले आफ्नो पिसिआर रिर्पोट प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकीबाट गराएकोमा रिर्पोट उलटपुलट गरी सामाजिक सञ्जालमा राखेर झुट्टा अफवाह फैलाएको अभियोगमा पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएससी सुवास हमालले जानकारी दिए ।

दुबै जनालाई झुट्टा अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरिएको उनले बताए ।

Comments
Loading...