कास्कीमा १२ सहित गण्डकीमा ६५ संक्रमित थपिए

पोखरा,२६ भदौ । गण्डकी प्रदेशमा आज ६५जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा संक्रमित मध्यमा दुई जना पोखराको मेट्रोसिटी अस्पतालमा कार्यरत ३२ वर्षीय एक पुुरुष स्वास्थ्यकर्मी तथा उपचारत अर्का एक महिलामा समेत संक्रमण पुष्टि भएको छ । अन्य सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा नमूना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी नवलपरासीमा ३३, तनहुँमा ११, स्याङ्जर र पर्वतमा दुई÷दुई तथा लमजुङमा पाँच जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ७९५ पुगेको । एक हजार ८१४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

टिप्पणिहरु
Loading...