७८ वर्षीया वृद्धाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि

चितवन,२६ भदौ । पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला छिन् ।

दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो ।

मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

Comments
Loading...