बृद्धबृद्धाहरु जिउदो भगवान हुन्, उनीहरुलाई घरमै राखौँ : उपप्रमुख गुरुङ

पोखरा, भदौ २६ ।  पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवि गुरुङ्गले पोखराको सितापाईलमा रहेको पोखरा बृद्धाश्रमलाई थप सुबिधासम्पन्न बनाउन आवश्य रहेको बताएकी छन् ।

पोखरा बृद्धाश्रमले आयोजना गरेको एक छलफल तथा भेटघाट कार्यक्रममा उनले सरकारले एउटा प्रदेशमा एक वृद्धाश्रमको अबधारण अगाडि सारेको सन्दर्भमा आश्रमले थप संरचनाको विकास गर्न जरुरी रहेको र त्यसको लागि पोखरा महानगरपालिको सहयोग हुने प्रतिवद्धता व्यक्त गरिन् । “सकेसम्म बृद्धबृद्धाहरुलाई घरमै राख्नु पर्दछ,उहाँहरु जिउदो भगवान हो । तर कतिपय अवस्थामा साहारा विहिन बाबाआमाहरु भेटिने भएकाले उनीहरुको जिम्मा आश्रमले लिने परिस्थिती रहेको छ ।” गुरुङले भनिन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले आश्रमलाई प्रदेशको एक नम्वर बनाउन आफ्नो तर्फबाट सबै प्रकारको सहयोग हुने बताए । आश्रम केवल आश्रय स्थल मात्र होईन , यो पोखरा १७ को पर्यटकिय गन्तब्य पनि हो उनले भने ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी( नेकपा) पोखरा १७ का अध्यक्ष सुभाष ढुंगानाले आफ्नो पार्टी सधै बृद्धबृद्धाको पक्षमा रहेको बताए । कार्यक्रममा पोेखरा बृद्धाश्रमका अध्यक्ष कुुसुम केशब पराजुलिले आश्रमलाई बहुआयामिक रुपमा विकास गर्ने आफ्नो सपना रहेको उल्लेख गर्दै त्यसका लागि थप जग्गा आवश्यक रहेको बताए ।

आश्रममा अहिले ६० जना बृद्धबृद्धाहरुले आश्रय लिन सक्ने क्षमता रहेको छ । सुबिधासम्पन्न आवास तथा भोजन गृह, दिवा सेवा केन्द्रको लागि पनि आवस्यक संरचना तयार भएको छ ।

Comments
Loading...