एकै घरका तीनजनाको शव घरभित्र भेटियो, हत्याको आशंका

काठमाडौँ,२६ भदौ । भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकाघरका श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो ।

शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव मृत फेला परेका हो । साथै एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

आज दिउसो अन्दाजी ४ बजेको समयमा मृतक सुदीपका भाइ सुनिलले दार्इृको घरमा तीन जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गन्हाएको अवस्थामा भेटिएकाले केही दिनअघि उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

शवमा धारिलो हतियारको प्रयोग भने नदेखिएको प्रहरी स्रोतले जनाएको छ । अधिकारी परिवारले तीन दिनअघि किराना पसल खोलेको र त्यसपछि बन्द रहेको स्थानीयवासीको भनाई छ ।

Comments
Loading...