कास्की प्रहरीलाई नेलम्बोको स्वास्थ्य सामग्री सहयोग

श्रीभद्र पौडेल
पोखरा,२७ भदौं। नेलम्बो नेपालले कोरोना भाईरस (कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि शनिवार जिल्ला प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संस्थाले तेस्रो चरण अन्र्तगत स्वास्थ्य सुरक्षा तथा सचेतनाका सामग्री त्यहाँ कार्यरत एक हजार सुरक्षाकर्मीलाई पुग्ने गरी प्रदान गरेको हो । जनही १ थान एन् ९५ माक्स, सानो पकेट सेनीटाइजर र दुई हजार स्वास्थ्य सचेतनामूलक ब्रोसर वितरण गरेको हो ।

त्यस्तै कार्यालय प्रयोजनको लागि ७÷७ थान हेन्ड फ्रि सेनिटाइजर स्ट्यान र पाँच सय मिलिलिटरको सेनिटाइजर पनि उपलब्ध गराएको छ। कुल रु.१ लाख २३ हजार ५ सय २५ बरावरका सामग्री प्रदान गरिएको नेलम्बोले भनेको छ ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र उपाध्यक्ष सरोज कोइरालाले उक्त सामग्री प्रहरी कार्यालय उपरीक्षक जीवनकुमार श्रेष्ठ तथा प्रहरी नायव उपरीक्षक सुभाष हमाललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा भनाई राख्दै नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले कोरोना भाईरस महामारीमा अग्रपंतिमा खटिने सुरक्षाकर्मीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीले थप मनोवल प्रदान गर्ने धारणा राखे।उनले आगामी दिनमा पनि सुरक्षाकर्मीसँग स्वास्थ्य सम्बन्धी कार्यहरु गर्न संस्था तयार रहेको स्पष्ट पार्दै प्रदान गरिएका सामग्री जिल्ला प्रहरी कार्यालय माताहतका सम्पूर्ण सुरक्षाकर्मी माँझ पुग्नेमा विस्वास समेत जनाए ।

सहयोग प्रति आभार जनाउँदै प्रहरी कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठले नेलम्बोले यो सहित प्रहरीलाई दोस्रोपटक स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको जानकारी दिए।उनले नेलम्बोको प्रगतिको कामना समेत गरे।महामारीको समयमा पनि दैनिकजसो संस्थाले स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेकोमा उक्त कार्यको प्रशम्सा पनि उनले गरे।

कार्यक्रममा नेलम्बोको तर्फबाट कार्यक्रम संयोजक डा. किसन कोइराला, जनसम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारी, प्रहरी सही थानेश्वर चापागाई लगायतको पनि उपस्थिति थियो।

Comments
Loading...