देशभर १२ सय १ जनामा संक्रमण पुष्टि ८५२ जना निको भए

पोखरा,२७ भदौ । देशभर पछिल्लो २४ घण्टामा एक हजार २०१ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी देशभर काठमाडौं उपत्यकामा जम्मा ४३१ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित प्रेस व्रिफिङमा सो जानकारी दिएका हुन् । देशभर हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ ।

उनका अनुसार पछिल्लो एक दिनमा ८५२ जना संक्रमित कोरोनामुक्त भएका छन् । त्यसैगरी शनिबारसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ ।

Comments
Loading...