सिन्धुपाल्चोकमा भीषण पहिरो, १८ घर पुरिए, घरका सबै बेपत्ता

पोखरा,२८ भदौ ।सिन्धुपाल्चोकमा गएराति पुनः भीषण पहिरो गएको छ ।

बाह्रबिसे नगरपालिकामा पहिरो जाँदा कम्तिमा १८ घर पुरिएका छन् भने घरका सबै जना बेपत्ता रहेको जनाइएको छ । पहिरोले भीरखर्क, नागपुच्छे र किम्बे गाउँ क्षेत्रमा क्षति पुर्याएको छ ।

खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । राति करिब २–३ बजे पहिरो गएको र यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रहरीहरु घटनास्थल जाँदैछन् ।सिन्धुपाल्चोकमा पटक–पटक गएको बाढी र पहिरो कारण ठूलो धनजनको क्षति भएको छ ।

Comments
Loading...