गण्डकी प्रदेशका पाँच जिल्लामा विहानै ३२ संक्रमित थपिए

पोखरा,२८ भदौ । गण्डकी प्रदेशमा आज विहान थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्र्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानरपालिकामा दुई,लमजुङमा १७,स्याङ्जा चार, तनहुँ एक,नवलपरासी बर्र्दघाट सुस्ता पुर्वमा आठ जनामा संक्रमण देखिएको हो ।

पोखराका दुई संक्रमित मध्ये वडा नं १६ का २० वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी तथा वडा नं ९ का ७० वर्षीय पुरुष र स्याङ्जा ७६ वर्षीय पुरुष मणिपाल अस्पतालमा उपचाररत विरामी रहेको निर्देशनालयले स्पष्ट पारेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार ९३५ पुगेको छ । कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

Comments
Loading...