गण्डकी कोरोना अपडेट : कास्कीमा स्वास्थ्यकर्मी सहित ३४ र प्रदेशमा ४४ थपिए

पोखरा,२९ भदौ । गण्डकी प्रदेशमा आज पुनः४४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा छ वर्षीय बालक सहित ३४ जना संक्रमित थपिएका हुन् । पोखरा महानगरपालिकामा ३० र रुपा गाउँपालिकामा चार जना थपिएका हुन् ।

प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा तनहुँमा छ, लमजुङमा तीन तथा स्याङ्जामा एक छन् । गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार ६४ पुगेको छ ।

स्याङ्जा पुतलीबजारका ८० बर्षीय महिला गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत छन् । त्यसैगरी पोखरा महानगरपालिका–९ का २६ वर्षीया महिला सोही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्स) हुन् ।

पोखरा महानगरपालिका–२५ का ८ वर्षीय बालिका र १८ वर्षीय पुरुष, तथा लमजुङ जिल्लाका तीनैजना व्यक्तिहरु भारतबाट आएका रहेको निर्देशनालयले जनाएको छ । अन्य सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएको निर्देशनालयले जनाएको छ ।

Comments
Loading...