जिल्लास्तरीय निवन्ध प्रतियोगितामा ढुङ्गेसाँघुका अनुष्का प्रथम

पोखरा, २९ भदौ । राष्ट्रिय बाल दिवस ०७७ को अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा ढुङ्गेसाँघु बोडिङ स्कुल पोखरा–१७ का अनुस्का रिजाल प्रथम भएकी छन् ।

त्यसैगरी निष्पक्ष मावि माछापुच्छ्रे गाउँपालिका रिभानका अनिशा राना मगर द्धितीय तथा हिमालय मावि मौजाका मनिराज गुरुङ तृतीय हुदै क्रमश रु तीन हजार, दुई हजार र एक हजार नगद र प्रमाणपत्र पुरस्कार पाए ।जनप्रिय माविका आकृति सापकोटा र मादीका प्रज्वल गुरुङले सान्तवना स्थान हासिल गरी जनही रु पाँच÷पाँच सय पाए ।

दिवसको यस वर्षको नारा “विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता” रहेको थियो । इकाइले सोहि विषयमा जिल्लामा रहेका ९ र १० कक्षामा अध्ययनरत विधार्थीबीच निवन्ध प्रतियोगिता आयोजना गरेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख समेत रहेका जिल्ला शिक्षा समितिका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले बालबालिकालाई भोलीका देशका कर्णधार भनेर मात्र नहुने त्यसका लागि गर्नुपर्ने धेरै कामहरु नभएको बताए । यसलाई सफल पार्न कुन क्षेत्रले के काम गर्नु पर्ने हो सो पुरा भएमात्र यो सपना साकार हुने भएकाले सबैको ध्यान जार जरुरी रहेकोमा क्षेत्रीको जोड थियो ।

इकाइका प्रमुख नारायण सुबेदीले नेपालको संविधानसँगै अन्य नियम कानुनले दिएको बालअधिकारको विषयमा शिक्षा क्षेत्रका सरोकारवालहरुले अध्ययन नगर्दा कहिले काही समस्या आउने गरेको बताए ।

कार्यक्रममा प्रतियोगितामा प्रथम हुन सफल रिजाल, नेपाल शिक्षक महासंघका अध्यक्ष बोधराज पौडेल, प्याव्सन कास्कीका सचिव विष्णु शर्मा, इकाइका शाखा अधिकृत बबिता शर्मा, हिमलाल बाास्तोला लगायतले कुनै पनि बालबालिका शिक्षाको पहुचभन्दा बाहिर हुन नहुने भन्दै त्यसका लागि सवैले आ आफनो क्षेत्रवाट सहयोग गर्न जरुरी रहेकोमा जोड दिएका थिए ।

Comments
Loading...