असोज ५ देखि लामो दूरीको यातायात र आन्तरिक उडान सञ्चालनमा आउने

पोखरा,३० भदौ । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि बन्द भएका लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाई उडान सञ्चालनमा आउने भएको छ ।

मन्त्रिपरिषदको हिजोको बैठकले अगामी असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो ।

यस्तै लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय पनि बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन गर्ने भन्दै सरकारलाई दवाव दिएका थिए । व्यवसायीले असोज १ बाटनै गाडी चलाउने तयारी गरेका छन् ।

Comments
Loading...