गण्डकीमा कोरोनाबाट एकको मृत्यु,४७ संक्रमित थपिए

पोखरा,३० भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

गोरखाको बारपाक सुलिकोट नगरपालिका वडा नं ८ का ६३ वर्षीया महिलाको हिजो काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

त्सैगरी आज गण्डकी प्रदेशमा ४७ संंक्रमित थपिएका छन् । तनहुँमा नौ, कास्कीमा तीन,गोखामा एक,लमजुङ र मनाङमा एक÷एक,स्याङ्जामा १२ र नवलपरासीमा २० जना छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या तीन हजार ११२ पुगेको छ ।

Comments
Loading...