देशभर १ हजार ४५९ संक्रमित थपिए,११ को मृत्यु

पोखरा,३० भदौ । देशभर आज एक हजार ४५९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सो संख्यामा संक्रमित थपिएको तथा एक हजार ६२ जना निको भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३७१ पुगेको छ।हालसम्म देशभर कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

Comments
Loading...